९२२ किलो गाँजा बरामद

काठमाडौँ, २८ जेठ । मोरङबाट ९२२ किलो गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका–७ महादेवकोलबाट आज ९२२ किलोग्राम गाँजा बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लैजाँदै गरेको २९ पोका गाँजा बरामद गरिएको हो । 

उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । गाडी र मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३