ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २७ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज बिहान कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१-००१ त २८४० नम्बरको ट्याक्टर खहरे खोलाको उकालो र भिरालो कच्ची बाटोमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित हुँदा  सडकबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिएको हो । 

दुर्घटनामा ट्याक्टर चालक सोही स्थानमा ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको हो ।  सहचालक प्रदीप राई भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३