आजको राशिफल

काठमाडौँ, २३ जेठ । २०८३ साल जेठ २३ गते शनिबारको राशिफल । 

मेष  : दैनिकी राम्रो छ । भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ । प्रयास गरेको क्षेत्रबाट प्रतिफल राम्रो प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष  : दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।

मिथुन  : समय राम्रो छ । आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा भने मिहिनेत गर्नुपर्ने छ ।

कर्कट  : दिन राम्रो छ । धार्मिक यात्रा हुनेछ । साथीसँगको भेट रमाइलो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या भए सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह  :  आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ । काममा जाँगर बढ्ने छ ।

कन्या  : समय सामान्य छ । सञ्चित धन खर्च हुने जोखिम बढ्नेछ । लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक रोजगारीमा उन्नति हुनेछ । परिवारभित्र खटपटी बढ्ने जोखिम हुनसक्छ ।

तुला  : दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।

वृश्चिक  : दैनिकी सामान्य राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ । गुमेको धन हात लाग्ने योग छ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध राम्रो रहने छ ।

धनु  : पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ । शिक्षा क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।   व्यापारबाट आर्थिक लाभ हुनेछ ।

मकर  : समय सामान्य छ । स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ । न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ । व्यापारमा नाफा हुनेछ ।

कुम्भ  : दैनिकी राम्रो छ । आर्थिक अवस्था सुधार हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ।

मीन  : दिन सहज छ । मिहिनेतको फल मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ । अनावश्यक खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ । सापटी नदिनु उचित हुन्छ । परिवारभित्र विवाद बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको