सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, २२ जेठ । तत्कालीन गृहमन्त्री सुधन गुरुङले मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति र सेयर लगानीको स्रोतमा प्रश्न उठेपछि छानबिनका लागि गठित समितिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रतिवेदन बुझाएको छ ।

आज समितिका पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रतिवेदन बुझाएका हुन् । छानबिन समिति सदस्य रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार छानबिनको प्रक्रिया सकेर प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएका हो  ।  

उनले प्रतिवेदन ४५ पृष्ठको रहेको जनाएका छन । ४५ पृष्ठको प्रतिवेदनमा धेरै कुराको सुझाव दिइएको छ । प्रधानमन्त्रीबाट सार्वजनिक गर्ने कुरा आएको उनले बताए । 

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्रि लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ९४३ जना ऋणीहरूको

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लछुराम

काठमाडौँ, २२ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भ्रमणको विशेषता पारदर्शीता भएको बताएका छन् ।

काठमाडौँ, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’को लहर धेरै