महोत्तरीमा गोली चल्यो

काठमाडौँ, २० जेठ । महोत्तरीमा गोली चलेको छ ।

डाँका चोरीमा संलग्न व्यक्तिहरुको गोली प्रहारबाट दुईजना घाइते भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरमा डाकाचोरी भएको हो ।

सो क्रममा डाँका समूहले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले बिहानपख थाहा पाएको हो । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३