जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने

काठमाडौँ, १६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमार्फत सो घोषणा गरेका हुन् । रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

मधेस प्रदेशको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडक तथा रेल्वेको विकास, पूर्व पश्चिम राजमार्गको विकास तथा सडक स्तरोन्नति, पोषण कार्यक्रमलगायत मधेसको शिक्षा, स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा बजेट विनियोजन गर्ने बजेट व्यक्तब्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, भक्तपुर, झापा, बर्दिया,

काठमाडौँ, १६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि एवम्

काठमाडौँ, १६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक