दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति पौडेल

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ आज मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलामा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवादसमेत व्यक्त गरेका छन् । महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास छ ।

उनले भनेका छन्, “महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य तथा नागरिक समाजबिच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ ।”

राष्ट्रपति पौडेलले महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूल प्रवाहमा समाहित गरी आत्मनिर्भर बनाउन, स्रोत, साधन एवम् अवसरमा समान पहुँच स्थापित गर्न तथा निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्न सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै आजका नेपाली महिलाले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, भक्तपुर, झापा, बर्दिया,

काठमाडौँ, १६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि एवम्

काठमाडौँ, १६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक