अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौँ, १२ जेठ । रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् ।

भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

गुरुङको साथबाट गैरकानुनी रूपमा लुकाइछिपाइ बोकेको एकदेखि १०० सम्म दरका नोटबाट जम्मा ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ ।

प्रहरीले जनाएअनुसार गुरुङ ३० जना भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए । सोही क्रममा शंकास्पद गतिविधि देखिएपछि जाँच गर्दा ठूलो परिमाणको विदेशी मुद्रा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको

काठमाडौँ, १२ जेठ ।  सप्तकोशी नदीको टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको

काठमाडौँ, १२ जेठ । रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate