प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, १२ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको ।

संसद् सचिवालयका अनुसार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु

काठमाडौँ, १३ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ ।  Exchange Rate