सामाजिक सद्‌भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ :  सभापति लामिछाने

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा देखा परेका पछिल्ला घटनाक्रम र सामाजिक सद्‌भाव बिथोलिने खतराप्रति सबै राजनीतिक दलहरू जिम्मेवार भएर उभिनुपर्ने बताएका छन् ।

आज आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले देशमा साम्प्रदायिक विद्वेष फैलाउने र एक समुदायले अर्को समुदायप्रति घृणा फैलाउने गतिविधि हुन नदिन सबै दलहरूबिच साझा समझदारी बनेको जानकारी दिए । 

उनले भने, ‘कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने स्थिति सिर्जना गर्छ, त्यसले कसैलाई फाइदा गर्दैन । यस्ता घटना हुँदा हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ ।’ 

एक युवकको मृत्यु भएको घटनालाई लिएर सोधिएको प्रश्नमा लामिछानेले यसलाई ‘अत्यन्त गम्भीर विषय’ भन्दै सुरक्षा निकाय यसमा जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ‘घटना के भएको हो, त्यसको सत्य तथ्य बाहिर आउन समय लाग्छ । अहिले नै विभिन्न अफवाह र षड्यन्त्रका पछाडि लाग्नुभन्दा जिम्मेवार प्रशासनले गर्ने निष्पक्ष छानबिनको पर्खाइमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई