आजको राशिफल

काठमाडौँ, ११ जेठ । आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल । 

मेष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। राजनीतिक क्षेत्रमा इज्जत राख्नका लागि सम्पत्ति खर्च गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मन प्रशन्न रहनेछ। पद र प्रतिष्ठाका लागि तपाईंले गरेको खर्चको सदुपयोग हुनेछ। नेतृत्वलाई हातमा लिएर काम गर्न सकिनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मिथुन : धन खर्च भए पनि उचित ठाउँमा भएको लगानी उठ्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विपक्षी साथीबाट तपाईंको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : तपाईंको बोलीले साथी टाढा हुनेछन्। पैतृक सम्पत्तिको आडमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। उत्तरको लामो एकल यात्रा नगर्नु उचित हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। आज सोचेका काम बन्नेछन् ।

कन्या : दिन सामान्य छ। तपाईंमाथि पारिवारिक बोझ थपिनेछ। स्वास्थ्य सुधार हुनेछ। मनमा शान्ति मिल्नेछ। आफन्त असन्तुष्ट हुने जोखिम छ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।

तुला : दिन राम्रो छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ। ठुलो काममा हात हाल्न हिम्मत गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा आस्था बढ्नेछ।

वृश्चिक : आज नयाँ योजना बनाएर अघि बढ्नु उपयुक्त देखिन्छ । स्वास्थ्य सुधार हुनेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हौसला बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको तर्फबाट सेवाका अवसर मिल्नेछ। गुरुको प्रश्नको भने सामना गर्नुपर्नेछ।

धनु : शुभ दिन छ। स्वास्थ्य गरेको प्रयास सफल बन्नेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। विपक्षीको आलोचनाको भने सामना गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

मकर : व्यवहारिक चुनौतीको सामना गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको अल्पज्ञानले सम:या बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। उपचारमा भए स्वास्थ्य सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको अध्ययनको मूल्यांकन हुनेछ। स्वास्थ्य सम:या हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने समय छ। शनिदेव गलत ठाउँमा भए ठुलो क्षति हुने जोखिम रहेको छ।

मीन : आज बलले भन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ। चुनौतीको बोझ बढ्नेछ। सहकर्मीसँग सल्लाह गरेर सुरुवात गरेको कामले फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काममा सफलता मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ जेठ । भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको मृत्यु भएको छ  । टाईम्स

एजेन्सी, ११ जेठ । चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जोउ–२३’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । आइतबार राति उत्तर पश्चिमी चीनको

काठमाडौँ, ११ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको

एजेन्सी, १० जेठ । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र