कुटपिट गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ, ११ जेठ । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नरहा गाउँपालिका–३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो ।

यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ ।  वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ ।

पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएकी थिइन् । 

सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी अनुमति लिई इलाका प्रहरी कार्यालय चोहर्वाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate