चीनद्वारा अन्तरिक्ष यान ‘शेन्जोउ–२३’ को सफल प्रक्षेपण

एजेन्सी, ११ जेठ । चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जोउ–२३’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

आइतबार राति उत्तर पश्चिमी चीनको जिउछुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२ एफ’ रकेटमार्फत तीन अन्तरिक्ष यात्री बोकेको अन्तरिक्षयान प्रक्षेपण गरिएको हो । उक्त टोली चीनको तियाङगोङ अन्तरिक्ष केन्द्रतर्फ प्रस्थान गरेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

यस अभियानको विशेष पक्ष भनेको हङकङकी लाइ का–यिङ पहिलोपटक चीनको अन्तरिक्ष मिसनमा सहभागी हुनु हो । उनी चीनको अन्तरिक्ष कार्यक्रममा सहभागी हुने पहिलो हङकङ निवासी अन्तरिक्ष यात्री बनेकी छन् । टोलीमा कमान्डर झु याङझु र अन्तरिक्ष यात्री झाङ झियुआन पनि रहेका छन् ।

चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार यो अभियानले अन्तरिक्ष विज्ञान, जैविक अनुसन्धान, अन्तरिक्ष केन्द्रको मर्मत तथा प्रविधि परीक्षणका काम गर्नेछ । टोलीका एक सदस्यलाई करिब एक वर्षसम्म अन्तरिक्ष केन्द्रमै राख्ने तयारी गरिएको छ, जुन चीनको इतिहासकै सबैभन्दा लामो मानव अन्तरिक्ष बसाइ हुने अपेक्षा गरिएको छ । वैज्ञानिकहरूले लामो समय अन्तरिक्षमा बस्दा मानव शरीरमा पर्ने प्रभावबारे अध्ययन गर्नेछन् ।

चीनले सन् २०३० सम्म मानिसलाई चन्द्रमामा पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ । शेन्जोउ–२३ अभियानलाई त्यसै दिशामा अर्को महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । चीनले आगामी वर्षहरूमा चन्द्रमामा आधार निर्माण गर्ने तथा गहन अन्तरिक्ष अनुसन्धानलाई पनि तीव्र बनाउने योजना सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, १२ साउन । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी

काठमाडौँ, १२ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, १२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राजधानीमा अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापन र भूमिगत केबलिङको

काठमाडौँ, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको