रुसले शक्तिशाली हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीको दाबी

एजेन्सी, १० जेठ । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् ।

आणविक वा परम्परागत दुवै प्रकारका हतियार बोक्न सक्षम उक्त क्षेप्यास्त्र युक्रेनमा प्रयोग भएको यो तेस्रो पटक भएको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त मिसाइलले किएभ क्षेत्रको बिला सेरक्वा सहरलाई निशाना बनाएको थियो, यद्यपि वास्तविक लक्ष्य तत्काल स्पष्ट हुन सकेको छैन ।

यसअघि रुसले पहिलो पटक नोभेम्बर २०२४ मा युक्रेनी सहर ड्निप्रोमा बहु–वारहेडयुक्त ओरेसनिक क्षेप्यास्त्र प्रयोग गरेको थियो भने दोस्रो पटक जनवरी महिनामा पश्चिमी लिभिभ क्षेत्रमा प्रयोग गरिएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार ‘ओरेसनिक’ नाम रूसी भाषामा हेजलनट रूखसँग सम्बन्धित छ । उनले उक्त क्षेप्यास्त्र ध्वनिको गतिभन्दा करिब १० गुणा अर्थात् म्याक १० गतिमा यात्रा गर्न सक्षम रहेको र यसले भूमिगत बङ्करहरू तीनदेखि चार तला वा अझ गहिराइसम्म ध्वस्त पार्न सक्ने दाबी गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय