बलात्कार आरोपमा दुई जना पक्राउ

काठमाडौँ, ७ जेठ । दाङमा बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ भने एकजना फरार छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१०, बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भनिने राजेन्द्र चौधरीलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

१९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । ओम, राजेन्द्र र तुलसीपुर–८, टिकरीका २४ वर्षीय राजेश चौधरीले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका राजेशको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा नियमित सचेतना

काठमाडौँ, ७ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

जनकपुर, ७ जेठ । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा