‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ माग गर्दै विपक्षीको अवरोध

काठमाडौँ, ७ जेठ । विपक्षी दलले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था अन्देखा गरिएको भन्दै सदन अवरोध गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा रहेको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन् । एमालेका प्रमुख सचेतक ऐन महरले भने “प्रधानमन्त्रीलाई यहाँ उपलब्ध गराइयोस् । नियम ५६ लाई कार्यान्वयन गरियोस्,” ।

त्यसो नहुँदा आफूहरूले विरोध जारी राख्ने बताए । नेकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावलीका व्यवस्था अन्देखा गरेको भन्दै आपत्ति जनाए । प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबारको नियमावलीको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षीले अवरोध गरेपछि १५ मिनेटक लागि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा