बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन : सांसद पुन

काठमाडौँ, ७ जेठ । सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए ।

उनले भने, ‘बाँदर आतंकको कुरा अहिले तपाईंहरूले उठाउनुभएको छ, मैले आजभनदा ७ वर्षअघि देखि नै उठाएको हो । राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ अनुसन्धानका लागि प्रयास गरेको हो,’ ‘मैले हरेक गाउँपालिकालाई एक एक लाख उठाउनुस्, त्यसमा अनुसन्धान गरेर बाँदर आतंक कम गर्नेबारे अनुसन्धान गर्नैपर्छ भनेको हुँ । यहाँ संसद्मा कराएर हुँदैन ।’ यहाँ धेरै सांसद कराएको देखियो । बरु रकेट बनाउन सजिलो छ, प्रविधि छ । तर बाँदर भगाउने प्रविधि मैले संसारभर खोजेको हो, छँदै छैन । यसका लागि अनुसन्धान गर्नका लागि खर्च छुट्याउनुपर्छ,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा नियमित सचेतना

काठमाडौँ, ७ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

जनकपुर, ७ जेठ । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा