फरार कैदी मोबाइल चोरी गर्दा पुनः पक्राउ

काठमाडौँ, ५ जेठ । कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा मोबाइल चोरी गरेको अभियोगमा पुनः पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बागलुङका पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षका मिठु किसान भन्ने सुरेश बोहोरा रहेका छन् । उनी जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका थिए ।

बोहोरालाई बागलुङ जिल्ला अदालतको २०८० साल जेठ २ गतेको आदेशले नकबजनी चोरी मुद्दामा तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएको थियो । सोही फैसला बमोजिम कारागार कार्यालय कास्कीमा थुनामा रहेका उनी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका थिए ।

फरार रहेका बोहोराले मिति गत जेठ १ गते दिउँसोको समयमा बागलुङ नगरपालिका वडा नम्बर २ शिवधाराचोकस्थित खड्क बहादुर खत्रीको पसलबाटको मोबाइल चोरी गरेर भागेका थिए । मोबाइल चोरी गरेर भागेको सोही कसूरमा प्रहरीले उनलाई पुनः पक्राउ गर्न सफल भएको हो । 

पक्राउ परेका बोहोरामाथि चोरी कसूरमा बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक