राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्थाका साथै सुनसरीमा हालै घटेको घटनाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

सुनसरीको घटनापछि सामाजिक सद्भाव बिथोलिन नदिन र परिस्थितिलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूबिच भएको छलफलका बारेमा लामिछानेले ब्रिफिङ गरेका थिए । 

विशेष गरी, सोही विषयलाई लिएर आयोजना गरिएको सर्वदलीय बैठकमा भएको छलफल, दलहरूको साझा धारणा र सामाजिक सद्भाव कायम राख्न चालिएका कदमबारे लामिछानेले राष्ट्रपतिलाई अवगत गराउनुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र संसदको प्रभावकारिताका विषयमा पनि उनीहरूबिच सामान्य कुराकानी भएको सचिवालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit