काठमाडौँ, ४ जेठ । सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको न्युरोडबाट गएराति लुकिछिपि बसेको अन्वस्थामा तामाङलाई पक्राउ गरेको हो ।
उनी काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी थिइन् । शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी भागेकी थिइन् ।
नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना १७ वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।






