केन्द्रीय कारागार ब्रेक गरी फरार महिला पक्राउ 

काठमाडौँ, ४ जेठ । सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको न्युरोडबाट गएराति लुकिछिपि बसेको अन्वस्थामा तामाङलाई पक्राउ गरेको हो । 

उनी काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी थिइन् । शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी भागेकी थिइन् । 

नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना १७ वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।