क्रिसमसमा ट्रिटनका विद्यार्थीलाई ४० पाउण्डको केक

काठमाडौँ, १० पौष । हिन्दुहरुको महान चाड वडादशैंमा विद्यार्थीहरुलाई टिका र जमराको साथै नगद दक्षिणा दिएर दशैं मनाएको सुविधानगर तिनकुनेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले इशाईहरुको ठुलो चाड क्रिसमस पनि भव्यरुपमा मनाएको छ ।

क्रिसमसको लागि सबै विद्यार्थी, शिक्षक र कर्मचारीलाई एकएक टुक्रा पुग्ने गरि विद्यालयले ४० पाउण्डको फ्रुट केक अर्डर दिएर बनाउन लगाएको थियो । विद्यालयमा पहिलोचोटी त्यति ठुलो केक देखेपछि साना विद्यार्थीहरु निकै होसिएका थिए ।

कुनैपनि धर्म आफैंमा सानोठुलो वा नराम्रो हुँदैन, सबै धर्मको उदेश्य मानव कल्याण र सबैको भलो गर्नु हो भन्ने विद्यार्थीलाई सन्देश दिन क्रिसमस पनि दशैंजस्तै गरि भव्यरुपमा मनाइएको विद्यालयका निर्देशक राजन सुवेदीले बताउनुभयो ।

विद्यालयका निर्देशक सुवेदी र सान्ता क्लजको पोशाक लगाएका विद्यार्थीले संयुक्तरुपमा केक काटेपछि क्रिसमसको रमझम शुरु भएको थियो । विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले विद्यार्थी, शिक्षक र कर्मचारीलाई केक बाँड्दै क्रिसमसको शुभकामना दिनुभएको थियो ।

क्रिसमसको अवसरमा सबै कक्षाका विद्यार्थीहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सानो कक्षादेखि ५ कक्षासम्मका विद्याथर््ीहरुले एकआपस उपहार र शुभकामना कार्ड आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा