मदन भण्डारी युगद्रष्टा हो, विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्: अध्यक्ष ओली

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेको बताउनुभएको छ ।

आज मदन ( आश्रितको ३३ औं स्मृति दिवसको अवसरमा दुई नेतालाई सम्झदै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको दावी गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मदन भण्डारी ( जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न । तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन् । जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो ।’

भण्डारीसँगको राजनीतिक सहयात्राको स्मरण गर्दै अध्यक्ष ओलीले मदन भण्डारीलाई गुमाउनु एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभुति हुने बताउनुभयो । ‘मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ । जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ’, उहाँले भन्नुभयो ।

जबजकै आधारमा समृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियान एमालेको नेतृत्वमा भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दियो । त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं । पछिल्लो दशकमा हाम्रो त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको थियो । प्रिय मदन- आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ जेठ । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ ।  जहाजहरूले अनुमति, दर्ता र

एजेन्सी, ३ जेठ । उत्तरी इटालीको मोडेना शहरमा एक व्यक्तिले आफ्नो कार पैदल यात्रीहरूको भीडमा लगेर ठक्कर दिँदा ८ जना घाइते भएका छन्

एजेन्सी, २ जेठ । चीनले ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक शुक्रबार अन्तरिक्षमा पठाएको छ । यो रकेट

एजेन्सी, २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्।  बेइजिङमा चिनियाँ