वडा सचिवलाई धम्की दिने खड्का पक्राउ

काठमाडौँ, २ जेठ । दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भइ हाल काठमाडौँ, शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि वडा सचिवलाई धम्की दिने खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ

काठमाडौँ, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा

काठमाडौँ, १३ असार । फ्रान्स समूह ‘आइ’ को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो ।

काठमाडौँ, १२ असार । नेपाल बक्सिङ महासंघको आयोजनामा जारी ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो दिन शुक्रबार