राष्ट्रिय पुरुष तथा महिला बक्सिङको दोस्रो दिन, विभागीय टोलीहरूको दबदबा                                                     

काठमाडौँ, १२ असार । नेपाल बक्सिङ महासंघको आयोजनामा जारी ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो दिन शुक्रबार भएका प्रतिस्पर्धामा विभागीय टोलीसँगै प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। दोस्रो दिन भएका १९ खेलमध्ये केही खेल वाकओभरमा सकिए भने नकआउट (KO) र रेफ्री स्टप कन्टेस्ट (RSC) का कारण पनि धेरै भिडन्त समयअघि नै टुंगिएका थिए।

महिला ६० केजीमा टिएसीकी पुनम रावल वाकओभरमार्फत अन्तिम चरणतर्फ अघि बढिन्। ७५ केजीमा लुम्बिनीकी पूजा बि.के. ले गण्डकीकी जोशिका श्रेष्ठालाई ३–२ को प्रतिस्पर्धात्मक निर्णयमा पराजित गरिन्। सोही तौल समूहमा बागमतीकी बिना महर्जन पनि वाकओभरबाट विजयी बनिन्।

पुरुष ५५ केजीमा टिएसीका प्रेम चौधरीले एपीएफका प्रदीप महर्जनलाई ५–० को एकतर्फी निर्णयमा पराजित गरे। बागमतीका मदनकृष्ण डंगोलले एनपीसीका तकबहादुर घलेमाथि ५–० को जित निकाले। मधेशका लक्ष्मण राई ले गण्डकीका राजेश पाण्डेलाई पहिलो राउन्डमै नकआउट गर्दै दिनकै आकर्षक जित दर्ता गरे। सुपका पुकार तिम्सिना वाकओभरबाट विजयी भए।

६० केजी तौल समूहमा बागमतीका मिलन सार्कीले कोशीका अनिश भुजेललाई दोस्रो राउन्डमा आरएससीमार्फत पराजित गरे। कर्णालीका सन्देश शाही ले लुम्बिनीका दिलिप घर्ती मगरलाई ५–० ले हराउँदा मधेशका छिरिङ वाङ्दी शेर्पा ले एनपीसीका गणेश रेश्मी मगरमाथि ५–० को सहज जित निकाले। टिएसीका नितेश नेपालीले गण्डकीका साहिल लिम्बुलाई तेस्रो राउन्डमा आरएससीमार्फत रोक्दै अर्को चरणमा स्थान सुरक्षित गरे।

७० केजीमा मधेशका आर्यन तामाङ ले गण्डकीका निशान गुरुङलाई ४–१ ले पराजित गरे। टिएसीका गेशकुमार श्रेष्ठले कोशीका सुनिल कार्कीलाई पहिलो राउन्डमै आरएससीमार्फत हराए। एनपीसीका सुजन पौडेल ले लुम्बिनीका बिबेक थापालाई तेस्रो राउन्डमा आरएससीमार्फत पराजित गर्दा सुपका भारत चन्द ले एपीएफका सोनाम सार्कीलाई ३–२ को कडा प्रतिस्पर्धामा हराए।

८० केजीमा कोशीका रोनित कार्की डोलीले लुम्बिनीका हिमाल बुढामगरलाई ५–० ले पराजित गरे। टिएसीका दिपक श्रेष्ठले सुपका पासाङ शेर्पामाथि ५–० को स्पष्ट जित निकाले। एनपीसीका प्रदीप पार्कीले गण्डकीका अमिश थापालाई ४–१ ले हराउँदा कर्णालीका मनोज तामाङ ले बागमतीका दिनेश खड्गीलाई ५–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए।

दोस्रो दिनका खेलमा विशेषगरी विभागीय टोली नेपाल पुलिस क्लब(एनपीसी), त्रिभुवन आर्मी क्लब (टिएसी), एपीएफ तथा विभिन्न प्रदेशका खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। केही खेल एकतर्फी भए पनि धेरै खेलमा निर्णायकको विभाजित मतले नतिजा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले