नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

काठमाडौँ, १ जेठ । जेनजी आन्दोलनमा नख्खु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चाैडी नगरपालिका वडा नं ७ काफलीका नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरक्षिक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान घरबाटै नियन्त्रणमा लिएको हो ।

रतोकी गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए । उनलाई जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत्

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आज बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको