सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ, १ जेठ । सामाजिक सञ्जालमार्फत महिलालाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका-११ घर भएका २३ वर्षीय समिर तामाङलाई बुधबार पक्राउ गरिएको हो । टिकटकलगायत सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याई दिन्छु भनि धाक धम्की दिई पीडितबाट आर्थिक लाभ लिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत्

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आज बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको