शैक्षिक तथ्याङ्क इमिसमा आबद्ध

काठमाडौँ, १ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ ।

केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्याङ्क अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन आरम्भ गरेको हो । केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेलले सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित हालसम्मको तथ्याङ्कको विवरण प्रविष्ट गरी अद्यावधिक गर्न पत्राचार गरिएको जनाए ।

मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर दुई हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई