रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

काठमाडौँ, ३१ बैशाख । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती छन् । एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।

वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको आरोप उनीमाथि छ ।

ठगेर फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौँ बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत्

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आज बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको