सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

काठमाडौँ, ३१ बैशाख । काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । 

यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सीसीक्यामेरा, ड्यासबोर्ड क्यामेरालगायत सुरक्षा उपकरण जडान गरिएका छन् वा छैन भन्ने विषयमा विशेष ध्यान दिएर अनुगमन सुरु गरिएको हो । 

सार्वजनिक सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था र ट्राफिक नियमको पालनासम्बन्धी विषयमा समेत निगरानी गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ बैशाख । गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४

काठमाडौँ, ३१ बैशाख । सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले आफ्नो

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा

काठमाडौँ, ३१ बैशाख । फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना