राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौँ, ३० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।

राष्ट्रपतिले यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरेका थिए । उनी पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० बैशाख । आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.१५ अंक (०.१५

काठमाडौँ, ३० बैशाख । गुल्मीमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  प्रहरीका अनुसार ईस्मा

काठमाडौँ, ३० बैशाख । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई

काठमाडौँ, ३० बैशाख । गोरखामा निर्माण सामग्री बोकेको ट्याक्टर भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति  दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३