मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सर्लाही, ३० बैशाख । रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार २३ वर्षका सोही स्थानका उज्ज्वल पटेल गम्भीर घाइते भएका छन् । निजको सीतामढीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार

मुस्ताङ, १४ असार । मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ । हिमाली याकनाक

काठमाडौँ, १४ असार । बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका