ढुंगाले लागेर वडा सदस्यको मृत्यु

बाजुरा, ३० बैशाख । जिल्लाको बूढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–३, ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयले दिएको छ । मंगलबार दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

थापा विसं २०७९ को स्थानीय तह  निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार

मुस्ताङ, १४ असार । मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ । हिमाली याकनाक

काठमाडौँ, १४ असार । बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका