मिनी बसको ठक्करबाट एकको मृत्यु

तनहुँ, ३० बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा मिनी बसको ठक्करबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१ प १६०९ नम्बरको पर्यटक मिनी बसको ठक्करबाट पैदलयात्री चुमीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले बस चालक गोरखाको पालुङटार नगरपालिका–१ बस्ने ३८ वर्षीय मनोज पोख्रेललाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार

मुस्ताङ, १४ असार । मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ । हिमाली याकनाक

काठमाडौँ, १४ असार । बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका