काठमाडौं, १० पौष । आज मंगलबार पनि सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ५९ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको भने जावी सुन प्रतितोला ५९ हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





