सुरक्षा गार्डलाई आक्रमण गर्ने दुई जना पक्राउ

काठमाडौँ, १७ बैशाख । गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थाका सुरक्षागार्डमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय ४२ वर्षका अम्बिर ढकाल (हाल चितवन बस्ने) र बागलुङ घर भई हाल नवलपरासी बस्दै आएका ३९ वर्षीय पदमबहादुर भण्डारी रहेका छन् ।

सहकारी संस्थाका अनुसार सहकारीमा चोरी गर्ने उद्देश्यले आएका उनीहरूले सुरक्षागार्डमाथि आक्रमण गरेका हुन् । प्रहरीका अनुसार ६ वैशाख राति भण्डारी ताला फुटाएर सहकारी भवनभित्र प्रवेश गरेका थिए । चोरी गर्ने उद्देश्यसहित गएका उनले सुरक्षागार्ड छविलाल ढकाललाई फलामको रेन्चीले टाउको लगायत शरीरका विभिन्न भागमा हिर्काएर गम्भीर घाइते बनाएर फरार भएका थिए ।

घटना लगतै फरार रहेका उनीहरूलाई १३ वैशाखमा पक्राउ गरिएको हो । ढकाललाई चितवन र भण्डारीलाई नवलपरासीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित जिल्लाका प्रहरी कार्यालयको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र चोरी उद्योग शीर्षकमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको छ । घाइते ढकाल मनमोहन मेमोरियल मेडिकल कलेज काठमाडौँमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । तनहुँमा संकास्पद वस्तु फेला परेको छ । व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला

काठमाडौँ, १२ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अन्सुअर कोटेश्वरबाट खटिएको ब्यूरोको

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय