काठमाडौँ, १२ असार । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् ।
गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न पनि उनले सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।
आज महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’





