खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, १२ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अन्सुअर कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले काठमाडौंको ढल्कुबाट रामेछापको दोरम्बा–३ का ४२ वर्षीय टेकबहादुर थापामगर र सिन्धुलीको दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

ब्यूरोले ९ असारमा पक्राउ परेका थापामगरको अनुसन्धानका सिलसिलामा ११ असारमा उनलाई खैरो हेरोइन बिक्री गर्ने बस्नेतलाई पनि पक्राउ गरेको जनाएको छ ।

ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले थापामगरबाट ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जानकारी दिए । उनका अनुसार बस्नेतलाई ब्यूरोले ८० ग्राम खैरो हेरोइनसहित ललितपुरको बालकुमारीबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण

विराटनगर, २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद