नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता

काठमाडौँ, १५ बैशाख । जीवाश्म इन्धन (पेट्रोल/डिजेल)को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीब्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको विकल्पको उपयोगमा जोड दिंदै नेपालका नागरिक समाजले एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ ।

कोलम्बिया र नेदरल्याण्ड्स सरकारद्वारा संयुक्त रूपमा आयोजित “जीवाश्म इन्धन मुक्त रूपान्तरण” (ट्रान्जिसिनिङ वे फ्रम फोसिल फ्यूल) सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको अवसरमा एसियासहित अफ्रिका, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा समेत यस्ता प्रदर्शनहरू भएका हुन् । जीवाश्म इन्धनको अनियन्त्रित खनन्‌ले विश्वमा तीव्र रुपमा जलवायु परिवर्तनका घटनामा वृद्धि भइरहेकोले जीवाश्म इन्धनमुक्त भविष्यका लागि द्रुत, न्यायोचित र समतामूलक रूपान्तरणको माग गर्दै सोमवार एसियाली राष्ट्रहरु नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र फिलिपिन्सका हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् ।

एसियामा भइरहेको विरोध कार्यक्रमको नेतृत्व “एसियन पिपुल्स मुभमेन्ट अन डेब्ट एण्ड डेभलपमेन्ट”ले गरिरहेको छ । नेपालको सन्दर्भमा, नेपाल ट्रेड युनियन महासङ्घका महासचिव लक्ष्मण शर्माले विकसित राष्ट्रहरूले जलवायु परिवर्तनको असर कम गर्न योगदान दिनैपर्ने बताउनुभयो । उहाँले जलवायु वित्तका नाममा ऋण नभई अनुदानमा आधारित खर्बौं डलरको सार्वजनिक वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । सामाजिक अभियन्ता टिकाश्वरी राईले जीवाश्म इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर साधारण नागरिक र विशेषगरी श्रमिक महिलाहरूमा परिरहेको बताउनुभयो ।

उहाँका अनुसार इन्धनको मूल्य बढ्दा उपभोग्य वस्तु महँगो हुने र श्रमिकको ज्यालाको क्रयशक्ति घट्दा श्रमिक वर्ग झनै गरिब हुँदै जाने बताउनुभयो । विगत तीन दशकदेखि जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको असरबाट जोगिन विश्वभर एकतावद्ध भएर विविध कार्यक्रमहरुको माध्यमबाट जनजागरण फैलाउने काम भइरहेका छन् । यसै सन्दर्भमा कोलम्बियाको सान्ता मार्टामा आयोजित यस शिखर सम्मेलनले जीवाश्म इन्धनको अन्त्यका लागि सामुहिक ऐक्यवद्धतासहितका निर्णयहरु हुने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनको मुद्दामा काम गरिरहेका नेपाली सङ्घ संस्था र नागरिक समाजको तर्फबाट श्रमिक, युवा तथा महिलाहरूले सान्ता मार्टामा आफ्ना मागहरू पठाउँदै विश्वव्यापी ऐक्यबद्धतामा जोड दिएका छन्। सान्ता मार्टा सम्मेलनले “जीवाश्म इन्धन सन्धि” को विकासमा देशहरूलाई सहभागी गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय