आजको मौसम

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । साथै गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी परिरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको धेरै स्थानहरूमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय