सरकारले संसदीय सर्वोच्चता लत्यायो: महामन्त्री पौडेल

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् ।

संसद् अधिवेशन स्थगित गर्दै अध्यादेश ल्याउने सरकारको कदमप्रति महामन्त्री पौडेलको यस्तो धारणा आएको हो । दुईतिहाइ बहुमतको सरकारले आफ्नै सांसदलाई समेत विश्वास गर्न नसकेको भन्दै उनले अध्यादेश ल्याउने सरकारको शैलीप्रति विरोध गरेका छन् । महामन्त्री पौडेलले तत्काल अध्यादेश फिर्ता लिएर अविलम्ब संसद् आह्वान गर्न सरकारसँग माग गरेका छन् । 

”लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा माथि कोही हुन सक्दैन भन्ने तथ्य सरकारले स्मरण गरोस् । लोकतन्त्रको आधारस्तम्भ संसदीय जबाफदेहितालाई पूर्ण रूपमा पारदर्शी बनाइयोस्,” उनले भनेका छन्, ”स्पष्ट बहुमतको गणितीय सुविधा हुँदाहुँदै पनि आफ्नै सांसदलाई समेत विश्वास गर्न नसक्ने र अध्यादेशको सहारा लिनुपर्ने कस्तो बाध्यात्मक परिस्थिति आइलाग्यो ?”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय