लागूऔषधसहित एक युवक पक्राउ

काठमाडौँ, १५ बैशाख । जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

हिजो साँझ प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका– ८ घर भई हाल भक्तपुरको दार्जिलिङ हाइट बस्ने ३० वर्षीय प्रकाश पाख्रिन रहेका छन् ।

पाख्रिनले चलाएको बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरलाई रोकेर खानतलासी गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो ।

बरामद गरिएका सामग्रीहरू
१, डाइजोपाम – १०३ एम्पुल
२, नोर्फिन – १०३ एम्पुल
३, फेनेरागन – १०३ एम्पुल
४, ट्रामाडोल – ८५० ट्याब्लेट
५, नाइट्राभेट – २१० ट्याब्लेट
६, नेपाली नगद – २८,२५० रुपैयाँ

पक्राउ परेका पाख्रिन र उनले प्रयोग गरेको स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय