नेपालगन्जमा गोली चल्यो

काठमाडौँ, १२ बैशाख । नेपालगन्जमा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२२ स्थित शान्तिनगरचोकनजिक तीन राउन्ड हवाईफायर गरेर नेपालगन्ज–२२ का ३५ वर्षीय नुरमोहम्मद किंगरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाहीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउन सुगर समेत प्रहरीले बारमद गरेको छ ।

धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको र उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वास्तविक सुकुम्वसीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताएका

काठमाडौँ, १२ बैशाख । सरकारले आजबाट काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको छ । आज पहिलो दिनको बस्ती

ओखलढुंगा, १२ बैशाख । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन् । शनिबार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।