एक हजार दुई सयबढी पिन्ट रगत सङ्कलन

काठमाडौँ, १२ बैशाख । सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ ।

मण्डलका सचिव अनिल महर्जनका अनुसार मानव एकता दिवसको अवसरमा आज देशका विभिन्नमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरिएको हो ।

त्यस क्रममा काठमाडौँमा ११८, जनकपुरधाममा १२७, सुर्खेतमा १०९, बयरघारी स्याङ्जामा ८२, नेपालगन्ज ८५, डडेलधुरामा दुई, कञ्चनपुरमा ३६, दाङ्को गङ्गापरस्पुरमा २२ र तुल्सीपुरमा ५५ र रोल्पामा ४४ पिन्त सङ्कलन गरिएको छ ।

यस्तै, धरानमा ३२, पसौनीभाठा पर्सामा ५५, बुटवल रुपन्देहीमा २५, मलङगवा सर्लाहीमा ३५, वालापुर कपिलवस्तुमा ३५, सिरहामा ४०, सप्तरीको बनरझुलामा २७ र राजविराजमा १८, विराटनगर मोरङमा ३२, बर्दियामा १४ पिन्ट र हेटौडा मकवानपुरमा २१ पिन्ट रगत सङ्कलन भएको सचिव महर्जनले बताए ।

यसैबीच कैलालीमा मात्रै आज २५३ पिन्ट रगत सङ्कलन भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित