बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, १२ बैशाख । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अन्सुअर मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरी छन् ।

आज दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा चितवनबाट पूर्व गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बसले र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा चिकित्सकले  मृत घोषणा गरेको हो ।

मोटरसाइकलमा पछाडि सवार महोत्तरीको जलेश्वर नगरपालिका–१, की २३ वर्षीया राघनी कुमारी महत्तो गम्भीर घाइते भएकी छन् ।  उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१४, का ३७ वर्षीय युवराज राईलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वास्तविक सुकुम्वसीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताएका

काठमाडौँ, १२ बैशाख । सरकारले आजबाट काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको छ । आज पहिलो दिनको बस्ती

ओखलढुंगा, १२ बैशाख । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन् । शनिबार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।