कालीगण्डकी नदीले बगाउँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ बैशाख । कालीगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनी श्राद्धस्थलनजिकबाट नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ की ३२ वर्षीय विमला गौलीसहित १२ जनाको टोली शनिबार कागबेनीमा श्राद्ध गर्न पुगेको थियो । उक्त स्थानमा दिवंगत पितृका नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण अचानक नदीमा बेपत्ता भएका थिए ।

हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने सूचनापछि सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो ।

त्यसक्रममा श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका निम्ति प्रदेश अस्पताल जोमसोम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।

उक्त घटनाबारे ठप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वास्तविक सुकुम्वसीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताएका

काठमाडौँ, १२ बैशाख । सरकारले आजबाट काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको छ । आज पहिलो दिनको बस्ती

ओखलढुंगा, १२ बैशाख । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन् । शनिबार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।