पर्वत, १२ बैशाख । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा प्रदेश अस्पताल पर्वतमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार, घरभित्र बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका निम्ति प्रदेश अस्पताल लगिएको थियो ।





