काठमाडौँ, १२ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–११ बस्ने पाल्पा घर भएका ३० वर्षीय मिलन तिमल्सिना, काभ्रे बनेपा बस्ने काभ्रे रोशी गाउँपालिका–११ घर भएकी २४ वर्षीया सिर्जना श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१६ बस्ने नवलपरासी पूर्व घर भएका २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा घर भएकी २२ वर्षीया निशा विक, काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने लमजुङ घर भएका ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।




