सीताको जीवन उत्तिकै प्रासङ्गिक छ: उपराष्ट्रपति यादव

काठमाडौँ, १२ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताएका छन् ।

सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना दिँदै  उनले माता सीता सत्य, धर्म र आदर्श नारीत्वको शाश्वत प्रतीक रहेको उल्लेख गरेका छन् । सीता जयन्तीलाई सामाजिक कुरीति, विभेद र हिंसाविरुद्ध जागरण फैलाउने अवसरका रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ । उपराष्ट्रपतिले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेदको अन्त्य गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा दृढ सङ्कल्पका साथ अघि बढ्ने हौसला प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

“उहाँको जीवन त्याग, धैर्य, पवित्रता, साहस र समर्पणको अनुपम उदाहरण हो । सीताको चरित्रले नारीको स्वाभिमान, आत्मनिर्णय र कर्तव्यनिष्ठतालाई उजागर गर्दै आएको छ” उपराष्ट्रपतिले सन्देशमा भने “यो जयन्तीले हामीलाई धर्म, सत्य र नैतिकताको मार्गमा दृढ रहन प्रेरणा दिन्छ ।”

उपराष्ट्रपतिले कठिन परिस्थितिमा पनि धैर्य र विश्वास कायम राख्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको उल्लेख गर्दै उहाँले यस अवसरमा, सीताको आदर्शलाई आत्मसात् गर्दै नारी सशक्तीकरण, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउने संकल्प लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ, १२ बैशाख । सशस्त्र प्रहरीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  बढुवा

काठमाडौँ, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत

काठमाडौँ, १२ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै