सांसद विश्वराज पोखरेललाई फिर्ता बोलाउ, सांसद पदकै बेइजत भयो: सांसद पुन

काठमाडौँ, १२ बैशाख । प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री महाविर पुनले जनताको मतबाट निर्वाचित सांसद जनताको नोकर भएको उल्लेख गर्दै स्वागत गरेनन् भनेर धाक धम्की दिनु गम्भीर गल्ती भएकाले जनतासँग माफ माग्न आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित विश्वराज पोखरेलले स्थानीय विद्यालयका प्रधानाध्यापकले आफुलाई स्वागत नगरेको भन्दै गाली गलौच तथा धम्की दिएका थिए । जनताबाट निर्वाचित सांसदले जनताको नै अपमान गर्नु नहुने भन्दै सांसद पुनले पोखरेललाई फिर्ता बोलाई माफि माग्न आग्रह गरे । पोखरेको अभिव्यक्तिले समग्र सांसदहरुको नै बेइजत भएको उल्लेख गर्दै पुनले आफ्नो कार्यकाल भरी समय र बुद्धि जनताको काममा लगाउनुपर्नेमा जोड दिए ।

पोखरेलले प्रअलाई धम्क्याएको भिडियो फेसबुकमा सेयर गर्दै उनले भनेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नी रु म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ बर्ष सम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनुपर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पऱ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पऱ्यो । सासंद पदको बेईजत नै गऱ्यो त ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ, १२ बैशाख । सशस्त्र प्रहरीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  बढुवा

काठमाडौँ, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत

काठमाडौँ, १२ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै